छिमेक लघुवित्त वित्तीय संस्थाको पुस २९ गते साधारण सभा

छिमेक लघुवित्त वित्तीय संस्थाको पुस २९ गते लाभांश प्रस्ताव सहित वार्षिक साधारण सभा बस्दैछ । साधारण सभामा लघुवित्त संस्थाले ८ प्रतिशत बोनस सेयर र कर सहित ७ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।

आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल हुनेछ ।

त्यस्तै, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ । साथै, अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग मर्जर वा एक्विजिसन गर्नुपरेमा सम्पूर्ण कार्यको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहेको छ ।

साधारण सभा प्रयोजनका लागि संस्थाले आज पुस १६ गते बुक क्लोज गरेको छ । त्यसैले बुक क्लोजभन्दा अघिसम्म कायम रहेका सेयरधनी मात्र साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् । साधारण सभा, होटल सामना प्रा.लि.को सभा हल, हेटौंडामा बिहान ११ बजे सुरु हुनेछ ।

एजेन्सी

Comments

Back to top