कृषि विकास बैंकको अठारौं वर्षिक साधारण सभा पुस २९ गते

कृषि विकास बैंकले पुस २९ गतेका लागि अठारौं वर्षिक साधारण सभा बोलाएको छ । साधारण सभामा  बैंकले ३ प्रतिशत बोनस सेयर र ७.५३ प्रतिशत नगद वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । यस्तै, कृषिले नेपाल सरकारको अग्राधिकार सेयरमा पनि ६ प्रतिशत नगद लाभांश दिने जनाएको छ ।

साधारण सभामा आर्थिक वर्ष २०८०/८१ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ ।

साधारण सभा प्रयोजनार्थ बैंकले पुस १६ बुक क्लोज गर्ने भएको छ । तसर्थ, पुस १५ गते तमु ल्होसारको अवसरमा सार्वजनिक विदा परेकोले पुस १४ गतेसम्म कायम सेयरधनीले साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।

साधारण सभा बैंकको केन्द्रीय तालिम प्रतिष्ठान बोडे, भक्तपुरमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

एजेन्सी

Comments

Back to top