लुम्बिनी विकास बैंकद्वारा ७ प्रतिशत लाभांश घोषणा
लुम्बिनी विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंकको पुस ५ गते शुक्रबार बसेको सञ्चालक समिति बैठकले कुल ७ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
कुल लाभांश मध्ये ३ प्रतिशत बोनश शेयर र कर सहित ४ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुनेछ ।
एजेन्सी
Comments