अमेरिकी केन्द्रीय बैंकले घटायो ब्याजदर
अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भ (फेड)ले ब्याजदर शून्य दशमलव २५ प्रतिशत विन्दुले ब्याजदर घटाएको छ । अब ब्याजदर चार दशमलव २५ प्रतिशत विन्दुदेखि चार दशमलव ५० प्रतिशत विन्दुसम्म हुनेछ । यस वर्ष केन्द्रीय बैंकले ब्याजदर घटाएको यो तेस्रो पटक हो ।
मूल्यवृद्धि नियन्त्रण उन्मुख भएपछि केन्द्रीय बैंकले गत सेप्टेम्बर १८ मा शून्य दशमलव ५० प्रतिशत विन्दुले ब्याजदर घटाएर पाँच प्रतिशतमा झारेको थियो । जुन करिब चार वर्ष ब्याजदर घटाएको थियो । फेडले सन् २०२० मार्च यता ब्याजदर घटाएकोे थिएन । सन् २०२० मार्चमा शून्य दशमलव २५ प्रतिशत विन्दुमा रहेको ब्याजदर २०२२ जुलाइसम्म स्थिर रहेको थियो भने त्यसपछि लगातार बढेको थियो ।
मुद्रास्फीति नियन्त्रण गर्न अमेरिकाको केन्द्रीय बैंकले सन् २०२२ मार्चदेखि सन् २०२३ जुलाइसम्म ११ पटक ब्याजदर बढाएको थियो । त्यतिबेला ब्याजदर २३ वर्षयताकै उच्चस्तर पाँच दशमलव ५० प्रतिशत पुगेको थियो ।
एजेन्सी
Comments