एलोन मस्क बने चार सय अर्ब डलर सम्पत्ति पुग्ने पहिलो व्यक्ति

स्पेसएक्सका संस्थापक र टेस्लाका सीईओ एलोन मस्क ब्लूमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार चार सय अर्ब डलरको कुल सम्पत्तिमा पुग्ने इतिहासमा पहिलो व्यक्ति बनेका छन् । स्पेस एक्स मा भर्खरैको आन्तरिक सेयर बिक्री र टेस्लाको सेयरको वृद्धिका कारण मस्कको नेटवर्थ बढेको छ ।

सेयर बिक्रीमा कर्मचारी र भित्री व्यक्तिहरूबाट एक दशमलव २५ बिलियन अमेरिकी डलर मूल्यको सेयरहरू खरिद गर्न समावेश छ । यस लेनदेनले उनको कुल सम्पत्ति लगभग ५० बिलियन डलरेले बढाएको छ । एकै समयमा, स्पेस एक्सको कुल मूल्य लगभग तीन सय ५० बिलियन डलर भयो । यो मूल्यांकनले विश्वको सबैभन्दा मूल्यवान निजी कम्पनीको रूपमा स्पेसएक्सको स्थितिलाई बलियो बनाएको छ ।

मस्कको सम्पत्ति स्पेसएक्स र टेस्लामा मात्र सीमित छैन । उनको आर्टिफिसियल इन्टेलिजेन्स कम्पनी एक्स एआईले पनि सम्पत्तिको मूल्यांकन बढाएको छ ।

मस्कको बढ्दो प्रभाव र अमेरिकाका राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पसँगको सहकार्यले उनका अन्य व्यवसायहरु जस्तैः टेस्ला, स्पेसएक्स, न्यूरालिंक, र एक्स एआईलाई थप बलियो बनाएको छ । टेस्लाको सेयरले नयाँ कीर्तिमान कायम गर्दै उच्च विन्दुमा पुगेको छ ।

एजेन्सी

Comments

Back to top