ह्यारिसले गरिन् राष्ट्रपति पदमा उम्मेदवारी घोषणा

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले राष्ट्रपति पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेकी छन् ।

सोसल मिडिया प्लेटफर्म एक्समा यो घोषणा गर्दै ह्यारिसले लेखेकी छन्, ‘आज मैले आधिकारिक रूपमा संयुक्त राज्यको राष्ट्रपतिको लागि मेरो उम्मेदवारी घोषणा गर्ने फारममा हस्ताक्षर गरें । म हरेक भोट प्राप्त गर्न कडा मेहनत गर्नेछु ।’

उनले थप भनेकी छन्, ‘नोभेम्बरमा जनताको शक्तिले भरिएको हाम्रो अभियान विजयी हुनेछ ।’

पूर्व राष्ट्रपति बाराक ओबामा र उनकी पत्नी मिशेल ओबामाले पनि ह्यारिसको उम्मेदवारीलाई समर्थन गरेका छन् ।

अधिकांश लोकतान्त्रिक सांसद उनको पक्षमा रहेको र आगामी अगस्टमा हुने पार्टी महाधिवेशनमा उनलाई औपचारिक रूपमा लोकतान्त्रिक पार्टीको राष्ट्रपतिको उम्मेदवारका रूपमा चयन गरिने विश्वास गरिएको छ ।

एजेन्सी

Comments

Back to top