अनुहारमा चाउरी पर्छ भनेर ४० वर्षदेखि हाँसेकी छैनिन यी महिला!!!

जिन्दगीमा नहाँसी नहुने खुसीका क्षण आए पो हाँस्नु । कोही मानिस किन हाँस्दैनन् ? भन्ने प्रश्नको एउटा रेडिमेड जवाफ हो यो । तर सधै आफ्नै खुसीको क्षणका कारण मात्र मानिस हाँस्दैन । उसको अगाडि यस्तो रोचक अवस्थाको सिर्जना हुन्छ की त्यो कुरा वा घटना देखेर ऊ नहाँसिकन बस्नै सक्दैन ।

बेलायतकी एक जना महिला भने यो ध्रुवसत्य कुराको समेत अवपाद बनिरहेकी छिन् । यो अर्थमा की, उनी ४० वर्षदेखि हाँसेकी छैनिन् । जति ठूलो उत्सव होस् वा खुसीको माहोल होस् । चुटि्कला वा जोक भनियोस् वा कसैको खिसिट्युरी नै किन नगरियोस् उनको अनुहारमा हाँसो देखिँदैन ।

अहिले ५० वर्ष उमेर पुगेकी टेस क्रिस्चियन नामकी यी महिला १० वर्षको उमेर पछि कहिल्यै नहाँसेको बताइन्छ । त्यसैले उनलाई पत्थरको अनुहार भएकी महिला भन्न थालिएको छ । जसको मुखबाट हाँसो छुट्नु र परै जावस अनुहारमा कुनै खुसीको भाव समेत देखिँदैन ।

हँसमुख रहने चाहना सबैको हुन्छ । त्यसैले विचरा कुनै रोगका कारण यी महिला हाँस्नबाट वञ्चित भएकी होलिन् भन्ने सोँच्नुहोला । तर होइन । यी महिला आफ्नै चाहनाले कडा साधना पश्चात हाँसो नियन्त्रण गर्न सफल भएकी हुन् ।

नहाँसेकै कारण आफ्नो अनुहारमा चाउरी नपरेकोमा उनी दंग छिन् । यद्यपि उनको यस्तो व्यवहारबाट उनका परिवार तथा साथीभाई दुखी छन् तथापि उनलाई आफ्नो हाँसो नियन्त्रण कार्यप्रति गर्व छ । उनले धेरै मेहेनत गरेर हाँसोलाई काबुमा राख्न सकेकी हुन् ।

उनले हाँसो रोक्नका लागि आफ्नो अनुहारलाई निकै धेरै तालीम दिएकी छिन् जसका कारण उनले आफ्ना अनुहारका मांशपेशी सहजै नियन्त्रणमा राख्न सक्छिन् । हाँस्दाको बखत खुम्चिने अनुहारका मांशपेशी हाँस्नु नै नपरेपछि खुम्चिएका वा मुज्जा परेका छैनन् ।

हाँसो रोक्न सकेकै कारण आफ्नो अनुहार तरुनो कायमै रहेकोमा उनी कृतज्ञ छिन् । रोचक कुरा त के भने आफुले छोरी जन्माएको खुसियालीमा समेत यी महिला खुसीले हाँसिनन् । सायद उनको यहीँ बानिका कारण लोग्नेसँग डिभोर्स समेत भयो । तर उनलाई आफ्नो हाँसो प्रतिरोधी छविप्रति गर्व छ र यसलाई नमरुन्जेल कायम राख्न चाहन्छिन् ।

Comments

Back to top