मनको इच्छा पूरा गरिदिने चमत्कारी इनार!

दुनियामा केही यस्ता रहस्यमय चिज हुन्छन् जसले प्रकृतिको नियमलाई नै चुनौति दिन्छन् । जमिनमा बनेको खाडलमा गहिराइ बढ्दै जाँदा अँध्यारो पनि बढ्दैजान्छ, किनकी तलसम्म प्रकाश पुग्न सक्दैन । तर यो शाश्वत सत्यलाई चुनौति दिएको छ एउटा इनारले ।
पोर्चुगलको सिन्तारामा रहेको एक इनारमा जति गहिराइमा गयो उति धेरै उज्यालो छ । यो इनारको पिँध निकै उज्यालो छ, बीचको भाग भन्दा । इनारको पिँध जमिनबाट प्रकाश निस्किरहेको छ र त्यो प्रकाशको रोशनी माथितर्फ आएको छ ।
लेडीरिनथिक ग्रोटा नामको उक्त इनारको आकार पनि अचम्मको छ । यो इनारको गहिराइ ४ तले घर जत्तिकै छ र यसको ब्यास तल घट्दै गएको छ । यसको आकार पनि अचम्मको छ र उल्टो टावरजस्तो देखिन्छ । इनारको बाहिरपट्ट पनि कलात्मक पर्खाल तथा मूर्तिहरु कुँदिएको छ ।
इनारको पिँधमा कुनै बत्ति बालिएको छैन, तर त्यहाँ उज्यालो छ र प्रकाश कहाँबाट आएको छ ? त्यो रहस्यको विषय बनिरहेको छ ।
यो इनारलाई विशिङ वेल्स अर्थात् चिताएको कुरा पूरा गरिदिने इनारको नामले चिनिन्छ । मानिसहरु यो इनारमा सिक्का फ्याँकेर वर माग्ने गर्छन् । यो इनारभित्र सिक्का फाल्नाले मागेको वर पाइन्छ भन्ने आम मान्यता रहेको छ ।
इनार हेर्न आउने जो कोही मानिस अचम्ममा पर्छन् जब इनारको पिँधमा उज्यालो देखिन्छ । चारतले घरजत्तिकै गहिराइभित्र कहाँबाट प्रकाश आयो ? भन्ने विषय अहिले पनि रहस्यको विषय बनिरहेको छ । 

Comments

Back to top