बिल गेट्स: संसारकै धनी व्यक्ति जो अझैपनि हरेक दिन भाँडा माझ्छन्!

बिल गेट्स, जसको नाम विश्वभरी चर्चाको शिखरमा छ । माइक्रोसफ्ट कम्पनीका संस्थापक गेट्सको सफलतामा देखेर नलोभिने को होलान् र ?

उनको सफलताबारे जानकारी राख्ने धेरैलाई उनको संघर्ष र उनीबारे रोचक तथ्यहरु हेक्का नभएको हुनसक्छ ।

गेट्सले हार्भड युनिभर्सिटीको ड्रप आउट हुनेदेखि संसारकै सबैभन्दा धनी ब्यक्ति हुने सम्मको उतारचढाव पूर्ण जिन्दगी बाँचेका छन् ।

यी समयमा उनले एकदमै कडा ब्यवस्थापक, प्रतिभाशाली बिचारकदेखि घरका भाँडाकुँडा माझ्नेसम्मको काम गरेका छन् ।

गेट्सबारे इन्टरनेटमा भेटिएका, किताबमा पढिएका वा अन्तर्वातामा सुनिएकामध्ये सबैभन्दा रोचक किस्साहरु आज हामी तपाईहरुलाई पस्किँदैछौं ।

१. हाई स्कुल प्रशासनले एक पटक बिल गेट्सलाई स्कुलको कम्प्युटरबाट कक्षाको सूची तयार पार्न लगाएको थियो । उनले त्यही मौका छोपेर उनले आफ्नो कक्षा केटीहरुले मात्र भरेका थिए ।

२. हार्भड बिश्वबिद्यालयमा पढ्दा बिल गेट्स कहिल्यै आफ्नो बिषयको कक्षामा गएनन् । उनी जुन कोर्सले आकर्षित ग¥र्थौ, त्यहीँ गएर बस्थे । तर, उनले आफ्नो जाँचमा सँधै उत्कृष्ट ग्रेड नै ल्याए ।

३. बिल गेट्सले हार्भडमा एकपटक ३० बर्षसम्म समाधान नभएको हिसाबको ‘पानकेक सर्टिङ’ नामक समस्या समाधान गरेका थिए । जब उनलाई उनको प्राध्यापकले उनको समाधान ‘एकेडेमिक पेपर’मा प्रकाशित हुने जानकारी दिए, उनी खासै उत्साहित भएनन् । त्यतीबेला उनी माइक्रोसफ्ट कम्पनी खोल्ने तयारीमा जुटिसकेका थिए ।

४. बिल गेट्स माइक्रोसफ्टको पहिलो कार्यालय भएको ठाउँ ‘अल्बुक्वेरक्यू डेर्जट’ तिर पागल जसरी गाडी चलाउने गर्थे । उनले एक पटक साथीको पोर्च ९२८ नामक सुपर कार कुदाउँदा ठोक्दिए र सो कार बनाउन एक बर्ष लागेको थियो ।

५. बिल गेट्सले त्यसरी गाडी चलाउदाँ ३ पटक जरीवाना तिर्नु परेको थियो । उनलाई दुइपटक एउटै प्रहरी अधिकारीले पक्राउ गरेका थिए ।

६. बिल गेट्स आफ्ना कर्मचारी कतिबेला आए र गए भन्ने कुराको हेक्का राख्न उनीहरुको गाडीको नम्बरसमेत कण्ठ पार्थे ।

७. बिल गेट्सलाई पुरानो विन्डो गेम ‘माइन्सविपर’ को कतिसम्म लत लागेको थियो भने उनले कार्यालयमा आफनो् उत्पादकत्व बढाउन सो गेम आफ्नो कार्यालयको कम्प्युटरबाट मेटाउनु परेको थियो ।

८. माइक्रोसफ्ट निकै ठूलो र धनी भैसकेको सन् १९९० को दशकमा पनि माइक्रोसफ्टका कर्मचारी र बिल गेट्स आफैं यात्रा गर्दा इकोनोमी क्लास वा सबैभन्दा सस्तो टिकटमा यात्रा गर्थे ।

९. बिल गेट्स नायाँ प्रपोजलमा बिभिन्न बिचार वा आइडियाको बारे पढ्दै गर्दा निकै अपशब्द प्रयोग गर्छन् । उनले सो प्रस्ताव पढ्दा कति पटक अपशब्द प्रयोग गरे भन्नेबाट उनले प्रस्ताव कति रुचाए पा रुचाएनन् भन्ने कुरा पत्ता लाग्ने उनका कर्मचारी बताउँछन् ।

१०. बिल गेट्स खानापछि भाँडा माझ्न खुबै रुचाउँछन् । र, प्राय हरेक रात भाँडा माझ्छन् ।

११. एकपटक पत्रकारले कडा प्रश्न गर्दा बिल गेट्स बाथरुमभित्र छिरे र निस्कनै मानेनन् । पत्रकारले माफी मागेपछि मात्र उनी बाथरुमबाट निस्केका थिए ।

१२. सिबिएस च्यानलको कोनी चुङलाई सन् १९९४ मा अन्तर्वाता दिँदा बिल गेट्स बिचैमा उठेर हिँडेका थिए ।

Comments

Back to top