मुकेशले टेलिकममा हात हालेपछि अनिलको व्यवसाय धरापमा, व्यवसायले भन्दैन दाजुभाई!

एउटै परिवारका दुईजना दाजुभाई फोब्र्सको अर्बपतिको सूचिमा रहनेमा मुकेश अम्बानी र अनिल अम्बानी पर्छन् ।

बाबु धिरुभाई अम्बानीले दिएको व्यवसायीक विरासत दुई दाजुभाई मुकेश र अनिलसँग छ ।

बाबुको निधनपछि सम्पत्तीको बाडँफाँडको मुद्दा मुकेश र अनिलको घरबाट अदालतसम्म पुगेको छ । भारतीय कर्पोरेट जगतमा दुई दाजुभाईको सम्पत्ती तथा कम्पनी बाँडफाँड एउटा रोचक घटना थियो ।

सन् २००२ मा धिरुभाई अम्बानीको निधनपछि अम्बानी दाजुभाईबीच विवाद भएको थियो । यो विवाद मुकेश र अनिलकी आमाले मिलाएकी थिइन् ।

बाडफाँडमा दुई दाजुभाईबीच एक अर्काको व्यवसाय कम्तीमा पनि १० वर्षसम्म हात नहाल्ने थियो । मुकेशको भागमा रिलायन्स उद्योगहरु परेपनि टेलिकम भने भाई अनिलको भागमा परेको थियो ।

भद्र सहमति कार्यान्वयनको लागि मुकेशलाई टेलिकम क्षेत्रमा हात हाल्न १० वर्ष लाग्यो ।

मुकेशले लन्च गरेको जिओले अहिले भारतको टेलिकम क्षेत्रमा नयाँ क्रान्ति नै ल्याएको छ । जसले गर्दा भारतीय टेलिकम कम्पनीहरु मर्जर जानुपर्ने बाध्यता सिर्जना भएको छ ।

जिओले सरकारी कम्पनीदेखि लिएर विदेशी कम्पनीसँगै मुकेशको भाईको कम्पनी रिलायन्स टेलिकमको व्यवसायमा पनि धक्का दिएको छ ।

१० भारतीय भारतीय बैंकको ऋण तिर्नको लागि अनिल अम्बानीको कम्पनी असफल भएको छ । पछिल्लो तथ्यांक अनुसार रिलायन्स टेलिकमको करिब १० अर्ब भारतीय रुपैयाँ घाटा लगेको छ ।

गतवर्ष भने कम्पनीले ९० करोड भारतीय रुपैयाँ नाफा गरेको थियो । अनिलको कम्पनीले घाटा लाग्नुको कारण टेलिकम कम्पनीले दिएको सस्तो अफर तथा अस्वस्थ प्रतिस्पर्धालाई मानेको छ ।

अनिलको टेलिकम कम्पनीसँग दुईवटा मात्र विकल्प रहेको छ । पहिलो बिकल्प अनिलसँग रिलायन्स टेलिकम बिक्री गर्नुपर्ने हुन्छ ।

दोस्रो बिकल्पको रुपमा मर्ज हुन सक्छ । जसको संकेत केही महिना अगाडि अनिलले जिओसँग रिलायन्स मर्ज हुने संकेत गरेका थिए । ‘हामी दुई भाईले बुवा धिरुभाईको सपना साकार गरिरहेका छौं,’अनिल अम्बानीले एक कार्यक्रममा भनेका थिए ।

सम्पत्तीको आधारले दाई मुकेश अम्बानी भाई अनिलभन्दा धेरै माथि छन् । फोब्र्सका अनुसार मुकेशको सम्पत्ती ३० अर्ब अमेरिकी डलर छ । अनिलको करिब ३ अर्ब अमेरिकी डलर सम्पत्ती छ ।

भारतको एक नम्बर धनी भएपनि मुकेशले अहिलेपनि आफ्नो भाई अनिललाई प्रतिस्पर्धी मान्छन् । इकोनोमिक्स टाइम्स

Comments

Back to top