आँप खाएपछि बिर्सेर पनि नखानुहोस् यी पाँच चिज, स्वास्थ्यका लागि हानिकारक

गर्मी मौसममा आँप जताततै पाइन्छ । गर्मीमा आँप खानुका धेरै फाइदा छन् । आँपमा फस्फोरस, डाइटरी फाइबर, प्रोटिन, पोटासियम, जिङ्क, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, एनर्जी, जिङ्क जस्ता धेरै पोषक तत्त्व पाइन्छन् । आँपले रोग प्रतिरोधी क्षमता बढाउने काम पनि गर्छ । आँप जति स्वादिलो हुन्छ, स्वास्थ्यका लागि त्यति नै फाइदाजनक छ ।

१. करेला

गर्मीमा मानिसहरूले करेला धेरै खान्छन् । कतिलाई खानासँगै आँप खान मन पर्छ तर आँपलाई कहिल्यै करेलासँग खानु हुँदैन । यसो गर्दा बान्ता हुने समस्या हुनसक्छ ।

२. मसालेदार चीज

आँप मसालेदार चीजहरूसँग पनि खानु हुँदैन । यी खानेकुरा सँगैसँगै खाए मानिसले पाचन सम्बन्धी समस्याको सामना गर्नुपर्ने हुन्छ । यसले पेट पनि दुखाउँछ 

३. पानी पिउनु

आँप खाने बित्तिकै तुरुन्तै पानी पिउनु हुँदैन । धेरै मानिसले आँप खाएपछि तुरुन्तै पानी पिउने गर्छन् । यसले पाचन प्रक्रियामा नराम्रो असर गर्छ । त्यसैले आँप खाएको आधा घण्टापछि मात्रै पानी पिउनुहोस् ।

४. दही 

दहीसँग आँप खानु पनि स्वास्थ्यका लागि हानिकारक हुन्छ । आँप र दही सँगै खाँदा पेटसम्बन्धी धेरै समस्या हुन सक्छ, त्यसैले आँपसँग दही नखानुहोस् ।

५.कोल्ड ड्रिङ्क

आँप खाएपछि तुरुन्तै कोल्ड ड्रिङ्क कहिल्यै नखानुहोस् । यदि तपाईंले यसो गर्नुभयो भने, रगतमा चिनी छिटो बढ्न सक्छ । आँप र चिसो पेय दुवैमा चिनीको मात्रा धेरै हुन्छ ।

 

Comments

Back to top