आँप र यसकाे पात स्वास्थयका लागि उपयोगी

आँप स्वादमा मात्रै होइन स्वास्थ्यको लागि पनि राम्रो मानिन्छ । आँप मात्रै होइन यसको पात पनि धेरै फाइदाजनक छ ।आँपको पात धेरै गुणले भरिपूर्ण छ । आँपको पातमा भिटामिन ए, बी र सी पाइन्छ। यसबाहेक, यी पातहरूमा एन्टी–अक्सिडेन्ट र फ्लेभोनोइड्स र फिनोलहरू पनि प्रशस्त मात्रामा पाइन्छ। आँपको पातमा एन्टी–माइक्रोबियल गुणका कारण पनि प्रयोग गरिन्छ र यी पातहरू धेरै स्वास्थ्य समस्याबाट छुटकारा पाउनका लागि प्रभावकारी साबित हुन्छन्। 

आँपको पातको सेवनले मधुमेह जस्तो रोगबाट बचाउनमा मद्दत गर्छ । यसमा ट्यानिन हुन्छ जसले सुरुवातमा मधुमेह निको पार्न धेरै प्रभावकारी भूमिका खेल्दछ । साथै यस्तो अवस्थामा आँपको पातलाई काँचो चपाएर पनि यसको फाइदा लिन सकिन्छ । अथवा पातलाई सुकाएर धुलो बनाएर खान सकिन्छ भने यी पातहरूलाई पानीमा उमालेर छानेर पिउदा पनि स्वास्थ्यमा निकै राम्रो असर गर्दछ । आँपको पातले रक्तचाप कम गर्नमा पनि मद्दत गर्छ। यी पातहरूको हाइपोटेन्सिभ गुणको कारण यो पात रक्तचाप कम गर्न प्रभावकारी मानिन्छ ।

आँपको पात सेवन गर्दा चिन्ता कम गर्न प्रभावकारी हुने गर्दछ। आँपको पात रुघाखोकिलाई निको पार्दछ । आँपको पातले रुघाखोकि वा श्वासप्रश्वास प्रणालीसँग सम्बन्धित समस्यामा निकै फाइदाजनक साबित हुन्छ । यी पातलाई पानीमा उमालेर पिउँदा चिसोको समस्याबाट राहत पाउन सकिन्छ । आँपको पातको पानी तताएर त्यसमा एक चम्चा मह मिसाएर चिया जस्तै पिउन पनि सकिन्छ ।

साथै आँपको पातको सेवनले पेटसम्बन्धी समस्यालाई पनि हटाउन सकिन्छ । आँपको पातलाई मनतातो पानीमा रातभर भिजाउने र भोलिपल्ट खाली पेटमा पिउनुहोस्। यसो गर्नाले पेटबाट विषाक्त पदार्थ बाहिर निस्कन्छ र शरीर भित्री रुपमा पनि सफा हुन्छ । यसो गर्दा पेटको स्वास्थ्य राम्रो रहनुका साथै छाला पनि भित्री रूपमा चम्किलो हुन्छ। तौल घटाउनमा पनि यस पातको फाइदा निकै रहेको छ। 


 

Comments

Back to top