रिस नियन्त्रण गर्ने ८ उपायहरु यस्ता छन् !

रिस सबैलाई उठ्छ तर केहीले मात्र आफ्नो रिसलाई नियन्त्रण गर्न सक्छन् । अन्यथा रिसका कारण ठूलै दुर्घटना भएका कतिपय उदाहरणहरु पाइन्छन् । रिसको आवेगमा गरिएको कामले मानिसलाई कालान्तरमा पछुतो बाहेक अरु केहि दिँदैन । त्यसैले आफ्नो रिसमाथि विजय पाउन आवश्यक हुन्छ । तर कसरी ?

१. अंक गन्न थाल्नुहोस्

कुनै कारण वा परिस्थितिमा तपाईंलाई थाम्न नसक्ने रिस उठ्यो भने तुरुन्त अंक गन्न थाल्नुहोस् । जबसम्म तपाई आफूलाई रिसमुक्त बनाउनु हुन्न तबसम्म अंक गन्नुहोस् । यसले तपाईलाई रिसमाथि नियन्त्रण गर्न सघाउने गर्छ ।

२. लामोलामो श्वास लिनुहोस्

यदि तपाईंलाई अत्यधिक रिस उठेको छ भने लामो लामो श्वास तान्दै फाल्ने गर्नहोस् । जतिजति तपाईंलाई रिस उठ्छ तपाई आफूलाई सहज हुने गरी लामो लामो श्वास फेर्नुहोस् । यसले तपाईलाई श्वास फेर्न तिर ध्यान मोड्छ र रिस आउनुको आवेगमा कमी आउँछ ।

३. डुल्ने बानीको बसाउनुहोस्

शारीरिक ब्यायामले मानिसको अनावश्यक चिन्तनमा नियन्त्रण पाउन सघाउने गर्दछ । त्यसैले तपाईलाई रिस उठेको छ भने सामान्य शारीरीक ब्यायाम गर्न थाल्नुहोस् । यसले नसाहरू संयमित पार्नुका साथै रिसलाई कम गर्दै लान्छ । अझ केहीबेर यताउती डुल्ने वा शान्त बस्नुभयो भने तत्काल रिस नियन्त्रणमा सघाउ पुर्याउँछ ।

४. मन पर्ने बिषय सोच्नुहोस्

यदि तपाईलाई अत्यधिक रिस उठेको छ र अनावश्यक बोल्छु जस्तो लागेको छ भने आफूलाई मन परेको स्थान, चलचित्र, कथा वा विषयमा ध्यान केन्द्रित गर्नुहोस् । हुनत यो रिस उठेको बेला गर्न ग्राहो हुन्छ तर यसलाई सम्भव बनाउनुभयो भने यसले तपाईको आवेश नियन्त्रणमा छिट्टै लाभ दिन्छ ।

५. मानसिक तनाव नलिनुहोस्

रिस उठेको बेला मानिस मानसिक तनावमा रहने गर्दछन् । रिसको बेला आउने आक्रोशले उनीहरुमा तनाव बढाउने गर्दछ । यस्तोमा आखाँ चिम्लेर शान्त भएर बस्ने वा मोवाइलमा ध्यान केन्द्रित गर्नुपर्छ । यसले तपाईलाई रिस उठेको बेला मानसिक तनाव कम गराउँछ ।

६. साथीलाई शेयर गर्नुहोस्

कतिपय मानिस आफ्नो रिस नियन्त्रण गर्न आफैलाई तनावमा राखेर मनभित्र उक्त रिस मार्ने प्रयास गर्छन् । तर मनमा यी कुरा राख्नु पनि उपयुक्त हुँदैन । त्यसैले रिस उठेको विषयमा मन मिल्ने साथीलाई तत्काल यो कुरा शेयर गर्नुपर्छ । यसले तपाईको रिस मर्नुका साथै त्यसको समाधानको उपाय पनि फुर्न सक्छ ।

७. हाँस्नुहोस्

हुनत यो उपाय अस्वभाविक लाग्ला । तर अत्यधिक रिस उठेको बेला मज्जाले हास्नाले पनि तपाईको रिसलाई नियन्त्रण गर्छ । हाँस्दा शरीरका अधिकांश तन्तु सक्रिय हुनुका साथै नराम्रो परिस्थितिबाट आफूलाई बाहिर निकाल्न मद्दत समेत गर्दछ ।

८. सिर्जनात्मक काम गर्नुहोस्

यदि तपाईं बाहिरबाट रिसाएर आउनु भएको छ भने यस्तो बेलामा आफूलाई सिर्जनात्मक काममा लगाउनुहोस् । जस्तै पेन्टिङ गर्ने, केही लेख्ने वा बिग्रेका सामग्रीको मर्मत गर्ने । यसले रिस उठेको बेला हुने मुड अफ कम हुनेछ ।

तर रिस उठेको बेलामा बाइक चलाउने, बाहिर जाने वा कोठा बन्द गरेर आफूलाई एक्लै पार्ने प्रयास भने गर्नुहँुदैन । रिस उठेको समयमा आफूलाई शान्त राख्ने प्रयास गर्नुपर्छ । जसका लागि तपाईको ध्यान मोड्नु नै सबैभन्दा सहज उपाय हो । -खबरहब

Comments

Back to top