यस्ता खानेकुरा फ्रिजमा नराखेकै राम्रो, जसले गर्छ स्वास्थ्यमा असर!

गर्मीको समयमा खानेकुरा छिटै बिग्रने समस्या हुन्छ । त्यसैले खाना नबिग्रियोस भन्नका लागि हामीले फ्रिजको प्रयोग गछौं । तर कतिपय खानाहरु हामीले फ्रिजमा नराख्दा नै राम्रो हुन्छ । किनकी फ्रिजमा राखेका खानेकुराले हाम्रो स्वास्थ्यमा असर गर्दछ । जस्तै, 

निबुवा र सुन्तला

निबुवा, सुन्तला र कागतीलाई फ्रिजमा राख्दा यसमा दाग आउछ र स्वाद पनि फेरिन्छ ।

मह

फ्रिजमा राख्दा मह गाढा हुन्छ र यसमा क्रिस्टल बन्न थाल्छ । 

स्याउ

फ्रिजमा राख्दा यसमा रहेको एन्जाइम सक्रिय हुन्छन् र स्याउ चाँडै पाक्छ ।

कफी पाउडर

यसले फ्रिजमा राखिएका अन्य वस्तुहरुको वास्ना सोस्छ र यसको आफ्नो वास्ना कम हुन्छ ।

प्याज

प्याजमा चिसोपना धेरै हुन्छ र फ्रिजमा राख्दा यसको बोक्रा गल्छ अनि छिटै कुहिने हुन्छ । 

जैतुनको तेल वा अन्य तेल

जैतुनको तेल वा अन्य तेल खान मात्रै होइन, कपाल र शरीरमा प्रयोग गर्ने गरिन्छ । तर, यसलाई कहिल्यै फ्रिजमा राख्नु हुँदैन । कम तापक्रममा राख्दा यस्तो प्राकृतिक गुण नष्ट हुन्छ ।

पाउरोटी वा ब्रेड 

फ्रिजभित्रको चिसो तापक्रमले पाउरोटीमा डिहाइड्रेसनको प्रक्रिया छिटो हुन्छ । यसबाट पाउरोटी चाँडै सुक्छ र बिग्रन्छ ।

अण्डा

धेरै दिनसम्म अण्डालाई फ्रिजमा राख्दा यसको योक सुक्छ र प्राटिनको मात्रा हराउँदै जान्छ । 

 केरा

यसबाट इथाइलिन ग्यास निस्किन्छ जसले आसपासका फलहरुलाई चाँडै पकाइदिन्छ ।

फ्रिजमा राखेको पानी

मानिसहरु गार्मी लागे संगै चिसो पानी पिउन रुचाउने गर्छन । तर फ्रिजमा राखेको पानीले स्वास्थमा निकै खराब गर्ने गर्दछ। 
 

Comments

Back to top