प्रचण्ड सरकारले हटायाे भ्रष्टचारीलाई कारबाही गर्ने बुदाँ, रास्वपाले समर्थन फिर्ता लिन सक्ने !

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टचारीलाई कारबाही गर्ने बुदाँ न्यनतम नीति तथा कार्यक्रमबाट हटाएको खुलासा भएको छ ।

नेकपा एमालेसहितको समर्थन रहेको बेला उल्लेख भएको भ्रष्टचारलाई कारबाही गर्ने बुदाँ नेपाली कांग्रेस सरकारमा आए पछि हटाएको खुलेकाे भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन फिर्ता लिने सम्भावना बढेको छ ।

सो बारेमा निर्णय लिनका लागि रास्वपाले सोमबार केन्द्रिय तथा संसदीय दलको बैठक बोलाएको छ । 

‘सरकारले न्यूनतम साझा कार्यक्रममा भ्रष्टाचारसम्बन्धी विषय हटाएकाले हाम्रो गम्भीर आपत्ति छ । मतदाताले केही थान मान्छेलाई संसदमा पठाएको होइन । एजेन्डासहित पठाएको हो । अझ निर्मम हुनुपर्ने विषय भएको कुरालाई पनि हटाएकोमा हाम्रो गम्भीर आपत्ति छ । त्यसैले यसमा गम्भीर समीक्षा गरेर मात्र अगाडि बढ्छौँ,’ शुक्रबार सपथ पछि लामिछानेले भनेका थिए ।

यसैगरी, सोमबार बस्ने संसदीय दलको बैठकले सभापति लामिछानेलाई दलको नेता चयन गर्दैछ, त्यसका लागि संसदीय दलका नेता डोलप्रसाद अर्यालले राजिनामा दिईसकेका छन्  । 

Comments

Back to top