लुम्बिनी सरकारका लागि आज दाबी पेश गरिँदै

लुम्बिनी प्रदेशमा आज नयाँ सरकारका लागि दाबी पेश गरिँदैछ । 

मुख्यमन्त्री लिला गिरीले विश्वासको मत पाउन नसके पछि रिक्त हुन पुगेको लुम्बिनी सरकारको नेतृत्वका लागि आज दाबी पेश गरिन लागिएको हो ।

प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुईभन्दा बढी दलको समर्थनमा हस्ताक्षर सहितको स्पष्ट बहुमत देखिने आधारसहित प्रस्तुत गर्न २०८० वैशाख १४ गते बिहीबार ४ बजेभित्र दाबी पेश गर्न आह्वान गरिए अनुसार आज राजनीतिक दलहरुले दाबी पेश गर्न लागेका हुन । मुख्यमन्त्री शेरचनले गत मंगलबार सो सुचना जारी गरेर दाबी पेश गर्न भनेका हुन् । 

नयाँ सरकारका लागि सत्तारुढ नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस दुवैले दावी गरेका छन् । तर, कस्को नेतृत्वमा सरकार गठन हुने हो ? त्यो भने अझै टुंगो लागेको छैन ।

एक महिना अघि  भने कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई मुख्यमन्त्री प्रस्ताव गर्दै पुनः उपधारा २ बमोजिम नै सरकार गठन हुनुपर्ने दाबी पेश गरेका थिए । 

यद्दपी दुवै दलका नेताले सहमतिमा नै सरकार गठनका लागि दाबी पेश गर्ने जनाउँदै आएका छन् । 

Comments

Back to top