चितवन २ मा रवि लामिछानेको जित सुनिश्चित, सरकारलाई दिएको समर्थन फिर्ता लिने रास्वपाको संकेत

चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको जित सुनिश्चित भएको छ ।

करिब १२ हजार मत गणना बाँकी हुँदा लामिछाने ३७ हजारभन्दा बढी मत अन्तरले अगाडि भएसँगै जित सुनिश्चित भएको हो ।

आफ्ना निकटम् प्रतिद्वन्द्वीमाथि भारी अग्रता लिएका रविले ४५ हजार मत कटाएका छन् ।

चितवन–२ मा आइतबार प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचनमा आफ्नो जित सुनिश्चित भइसकेपछि मतगणास्थलमा पुगेका लामिछानेले पत्रकारसँग कुरा गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएका हुन् ।

‘हामी सरकारमा जाने अवस्था छैन, सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे सोचिरहेका छौं, पार्टीबाट निर्णय गर्छौं,’ उनले भने । साथै सरकारले ठूला भ्रष्टाचारको फाइल नखोल्ने नीतिगत निर्णय गरेपछि सरकारलाई दिएको समर्थनको औचित्य नरहेको उनको भनाई थियो ।

 

Comments

Back to top