तनहुँ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले विजयी

तनहुँ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्। आइतबार भएको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका वाग्ले ३४ हजार ४८० मत ल्याएर विजयी भएका हुन् । 

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले २० हजार ९२ मत प्राप्त गरे ।

त्यस्तै, एमालेका उम्मेदवार सर्वेन्द्र खनालले ८ हजार ५५५ मत प्राप्त गरे ।

वाग्ले चैत १५ गते कांग्रेस छाडेका थिए । उनी सोही दिन राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेर तनहुँ–१ बाट उम्मेदवार बनेका थिए ।

Comments

Back to top