नेकपा एस महाधिवेसनको तयारीमा जुटेको झलनाथ खनालको भनाई

 नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टी महाधिवेसनको तयारीमा लागेको बताएका छन् । 

जनकपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै नेकपा एसका नेता खनालले त्यसकारण कुनै पार्टीसँग तत्काल एकता हुन नसक्नेसमेत जनाएका छन् ।

‘हामी महाधिवेसन गर्ने दिशामा अघि बढदैछौं, अहिले कुनै पार्टीसँग एकीकरण गर्ने कुनै सम्भावना नै छैन्,’ खनालले सञ्चारकर्मीसँग भने, ‘तर, साझा सवालमा मिलेर जान  हाम्रो पार्टी तयार छ ।’ 

पूर्व प्रधानमन्त्रीसमेत रहेका खनालले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार आठौं पटक विस्तार हुदाँ पनि पूर्णता पाउन नसकेकोमा चिन्ता ब्यक्त गरे । 

‘अब नवौं पटकमा पूर्णता पाउला भन्ने अपेक्षा गरौं’ उनले भने ।

Comments

Back to top