इराक र इरानबीच सुरक्षा सम्झौता

इराक र इरानकाबीचमा सुरक्षा सहयोग सम्बन्धी सम्झौता भएको छ । इरानको सरकारी समाचार समिति इर्नाले दिएको जानकारीअनुसार यी दुई देशका बीचमा सुरक्षा सहयोगका सम्बन्धमा सो सम्झौता भएको हो ।

इरानको उच्च सुरक्षा निकाय सुप्रिम नेशनल सेक्युरिटी काउन्सिलका सचिव अलि सामखानी र इराकका राष्ट्रिय सुरक्षा सल्लाहकार क्वासिम अल अराजीका बीचमा सो सम्झौता भएको हो ।

इरानका उच्च सुरक्षा परिषद्का सचिव सामखानी इराकको भ्रमणमा रहेको र यसैक्रममा आइतबार इराकको राजधानी बग्दादमा सो सम्झौता भएको पनि सो समाचार समितिले जानकारी दिएको छ ।

यी दुवै देशमा आतङ्कवादी समूह तथा सङ्गठनले आक्रमण गर्ने र हत्या हिंसा गर्ने गरेकाले यस्ता समूहबाट बचाउन र देशलाई सुरक्षा प्रदान गर्नका लागि आपसमा सहयोग र समन्वय पनि गर्ने सो सम्झौतामा उल्लेख गरिएको छ ।

सीमा क्षेत्रमा हुने आपराधिक गतिविधी रोक्न तथा आतंकवादी समूहले गर्ने गरेका हिंसात्मक हमलाहरुबाट नागरिकको सुरक्षाका लागि पनि इराक र इरानले आपसमा सुरक्षा सहयोग र समन्वय प्रदान गर्ने बताइएको छ ।

Comments

Back to top