मध्य अफ्रिकी गणतन्त्रमा सशस्त्र व्यक्तिहरूद्वारा नौ चिनियाँ नागरिकको हत्या

मध्य अफ्रिकी गणतन्त्रमा ‘सशस्त्र व्यक्तिहरू’ले आक्रमण गरी नौ जना चिनियाँ कामदारको हत्या गरिएको छ ।

आक्रमणको निन्दा गर्दै चिनियाँ राष्ट्रपति सी जिनपिङले दोषीलाई कडा भन्दा कडा कारबाही गर्न माग गरेका छन् ।

मध्य शहरका मेयर एबेल म्याचिपाटाले बाम्बारी नजिकै बिहान ५:०० बजे ‘सशस्त्र व्यक्तिहरू’ले विदेशी कामदारमाथि आक्रमण गरेको पुष्टि गरेका छन् ।

उनले आक्रमणका कारण ‘नौ जनाको मृत्यु भएको र दुई जना घाइते भएको’ र मृतकहरू आफ्नो शहरबाट २५ किलोमिटर टाढा गोल्ड कोस्ट ग्रुपले सञ्चालन गरेको खानीमा चिनियाँ कामदार रहेको बताए ।

स्थानीय अधिकारीहरूले आक्रमणको थप विवरण सार्वजनिक गरेका छैनन् र यसको जिम्मेवारी पनि लिएका छैनन् ।

एएफपीका एक पत्रकारका अनुसार चिनियाँ राजदूत ली किन्फेङ र मध्य अफ्रिकी गणतन्त्रका विदेशमन्त्री सिल्भी बाइपो टेमोनको पहलमा मृतकको शव राजधानी बान्गुईस्थित एक अस्पतालमा लगिएको छ ।

Comments

Back to top