चुम्बन गर्दा शरीरमा कस्तो प्रभाव हुन्छ ?

दाम्पत्तीको मिलन हुनुमा चुम्बनले महत्वपूर्ण भूमिका खेल्दछ। चुम्बन गर्दा आनन्द महसुस हुन्छ भने सम्बन्ध राख्दा पनि यसले यादगार बनाउँदछ।

टाएम्स युनियनले गरेको एक अध्ययनका अनुसार पुरुषहरुले धेरैजसो कति महिलाहसँग सुते भन्दा पनि कतिलाई चुम्बन गरे भन्ने कुरा याद बढि गर्ने गर्दछन्।

चुम्बनको साइकोलोजी अनुसार चुम्बन गर्नु व्यक्तिगत तथा अति घनिष्ट हुन जान्छ। सुरुमा चुम्बन गर्दा धडकन बढ्ने तथा न्यानोपन किन महसुस हुन्छ। यसले मानिसको शरीरिक, मानिसक, भावनात्मक तथा आत्मियतासँग जोड्दछ।

चुम्बन गर्दा हुने शरीरिक फाइदा

– महिलाहरु विशेषगरी चुम्बन गर्न चाहन्छन्। यसले शरीरिक फाइदा पनि पुर्‍याउँछ।

– जो मानिसले दैनिक चुम्बन गर्दछन्, उनीहरुको पाँच वर्ष बढि बाँच्छन्।

– चुम्बन गर्दा रगत छिटो बग्दछ, जसले गर्दा छालामा हुने कालो धब्बा तथा र्‍यासेसहरु हट्दछ।

– सम्बन्ध राख्दा केमिकलहरु उत्पादन हुन्छ, जसले मुटुको धड्कन एक मिनेटमा १०० पटक धड्किन्छ, जुन स्वास्थ्यका लागि राम्रो मानिन्छ।
– चुम्बन गर्दा २९ वटा मुखका मांशपेशीहरु चल्दछ, जसले चाउरी हटाउन मद्धत गर्दछ।

–ओठ औंलाको टुप्पो भन्दा बढि संवेदनशील हुन्छ। यसले शरीरको सबै नशाहरुलाई उत्तेजित गर्दछ।
–यसले इम्युन सिस्टम बढाउने तथा रोगसँग लड्न सक्ने क्षमता पनि बढाउँछ।

भावनात्मक फाइदा

चुम्बन गर्दा एक आपसमा भावनात्मक सम्बन्ध बन्छ र एकप्रकारको बोन्ड रहिरहन्छ। जति चुम्बन गर्नुहुन्छ, त्यतिनै एक अर्कालाइै नजिक पाउनुहुन्छ। जब चुम्बन गर्नुहुन्छ, तब दिमाग चार्ज हुन्छ, जसले केमिकल उत्पादन भएर राम्रो महसुस गराउँछ।

ब्रिटिस काउन्सिलका अनुसार नसाहरुमा फैलिने हर्मोनका कारण राम्रो महसुस हुन्छ। दिमाग उतेजित भएपछि कोकिन वा ड्रग खाए जसरी अझ धेरै महसुस हुन्छ।

आत्मियता

चुम्बन गर्दा दिमागको भित्री तथा बाहिरी भागमा जोडिएको महसुस हन्छ। यसले गर्दा आफ्नो पार्टनर जिन्दगीभरका लागि एक भएको महसुस हुन्छ।

दिमागले गर्दा भावनात्मक तथा हृदयबाट पनि जोडिन थाल्दछ। शरीरिक तथा आत्मा एकैठाउँमा राखेर हेर्न सकिन्न तर जब शरीरि जोडिन्छ तब आत्मा पनि जोडिन जान्छ।

Comments

Back to top