उपराष्ट्रपति यादवले लिए पद तथा गोपनियताको सपथ

नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् । 

राष्ट्रपति भवन शीतलनिवासमा आयोजना गरिएको विशेष समारोहकाबिच राष्ट्रपति रामचन्द्र पौडेलले यादवलाई शपथ गराएका हुन् ।

गत चैत ३ गते भएको निर्वाचनमा ३० हजार ३२८ मतभार प्राप्त गरी यादव उपराष्ट्रपतिमा विजयी भएका हुन् ।
 

Comments

Back to top