घट्दो मार्केट र घट्दो भोल्युम हुदा कस्तो रणनिति बनाउनॆ ?

ट्रेडिंग भोल्युम बजारको  सेन्टिमेन्ट जनाउने एक महत्त्वपूर्ण सूचक हो। भोल्युम घट्नुका साथै सूचक पनि घट्नुले सामान्यतया ट्रेडर्स र लगानीकर्ताहरूको चासो वा सहभागिताको कमीलाई संकेत गर्दछ। यो विभिन्न कारणहरूले हुन सक्छ जस्तै कि महत्त्वपूर्ण समाचार वा घटनाहरूको अभाव जसले बजारलाई चलायमान गराउछ अथावा  देशमा आर्थिक अवस्थाको सन्दर्भमा अनिश्चितता हुनु, इत्यादी । 

कस्तो रणनिति बनाउनॆ ? 

छोटो अवधिको आर्थिक मन्दी जस्ता अस्थायी कारकहरूको कारणले  यदि बजारमा गिरावट आएको हो भने यो किन्नको लागि राम्रो समय हुन सक्छ। किनभने बजार लामो अवधिमा पुन: रिकभर हुने गर्दछ । यद्यपि गिरावट कम्पनीको फंडामेन्टल आधारभूतका कारण हो भने यस्तो अवस्थामा यस्ता स्टकहरुबाट टाढा रहनु बुद्धिमानी हुन सक्छ।
राष्ट्र बैंकले प्रकाशित गरेका तथ्याङ्कहरुले हेर्दा हाम्रो देशको अर्थतन्त्र सुधारउन्मुख नै देखिन्छ।  जनावरी १०, २०२३मा देखिएको ७ अर्ब ६५ करोडको कारोबार रकम आजको दिन सम्म घटेर १ अर्ब ७ करोडमा सिमित भएको छ।  तसर्थ अबको समयमा लांग टर्मको लागि लगानी गर्न तिर लग्नु पर्छ। बजार महत्तोपूर्ण सपोर्टको ट्रेन्ड लाइनको नजिक छ र एमएसीडिका नेगेटिभ हिस्टोग्राम घट्दो क्रममा छन् जसले बजार घटे पनि बिक्रि चाप घटीरहेको संकेत गरिरहेको छ। बजारलाई १९१०-१९००को जोनमा राम्रो सपोर्ट हुने देखिन्छ तर अवस्था अझै नकारात्मक नै रहे १८५०को एरियाबाट रिभर्सल हुने देखिन्छ।    

 

Comments

Back to top