सरकारमा सहभागी हुने कांग्रेसको निर्णय

नेपाली कांग्रेस वर्तमान सरकारमा सहभागी हुने भएको छ ।

केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको बैठकपछि प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए । 

आइतबार बस्ने प्रतिनिधिसभा बैठकमा कांग्रेसले प्रतिपक्षी बेन्च एमालेलाई छाड्ने पनि निर्णय गरेको उनले जानकारी दिए । 

प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभाबाट विश्वासको मत लिइसकेपछि हुने मन्त्रिपरिषद् विस्तारमा कांग्रेस पनि सहभागी हुने भएको हो । 
 

Comments

Back to top