एनसेलले ल्यायो नयाँ प्रिपेड स्टार्टर प्याक!

एनसेल आजियाटा लिमिटेडले प्रिपेड ग्राहकलाई मध्यनजर गर्दै आकर्षक डेटा र भ्वाइस सेवाको बन्डल रहेको नयाँ प्रिपेड स्टार्टर प्याक ल्याएको छ।

नयाँ स्टार्टर प्याक ‘मज्जाकोे प्लान’ चैत ३ गतेदेखि सञ्चालनमा आएको छ । यो प्याक लिन चाहनेले नजिकको एनसेल सेन्टर वा आधिकारिक प्वाइन्ट अफ सेल्स (पीओएस) बाट खरिद गर्न सक्नेछन् ।

ग्राहकले यो स्टार्टर प्याक करसहित ५९९ रुपैयाँमा खरिद गर्न सक्ने एनसेल आजियाटा लिमिटेडले जनाएको छ । यो प्याकअन्तर्गत ग्राहकले २० जीबी डेटा र १५० मिनेट लोकल टक टाइम प्राप्त गर्न सक्छन् । प्राप्त डेटा र टक टाइम सिम सुचारु भएको दिनदेखि २८ दिनका लागि मान्य रहनेछ । 

यो प्लान सुचारु गर्ने ग्राहकले २०० वा सोभन्दा माथिको रिचार्जमा बोनस पनि प्राप्त गर्न सक्छन् । ग्राहकले २०० देखि ४९९ रुपैयाँको रिचार्जमा ५ प्रतिशत बोनस क्यास ब्याक प्राप्त गर्न सक्छन् । ५०० रुपैयाँ वा सोभन्दा बढीको  रिचार्जमा १० प्रतिशत बोनस पाउनेछन् ।

यो प्लान सुचारु गर्ने ग्राहकले अकर्षक डेटा र भ्वाइस सेवा बन्डल रहेको प्लान ५९९ रुपैयाँमा आफ्नो आवश्यकता अनुसार सिम खरिद गरेको दिनदेखि ९० दिनसम्म जति पटक पनि खरिद गर्न सक्न विज्ञप्तिमा उल्लेख छ । त्यस्तै, प्रिपेड ग्राहकले आवश्यकता अनुसार सञ्चालनमा रहेका अन्य भ्वाइस तथा डेटाको विभिन्न प्याक एनसेल एप तथा अन्य माध्यम एसएमएस र यूएसएसडीबाट सुचारु गर्न सक्ने विज्ञप्तिमा जनाइएको छ ।
 

Comments

Back to top