राप्रपा संसदीय दलको उपनेतामा बुद्धिमान तामाङ

राष्ट्रिय प्रजातन्त्र पार्टीको दलको उपनेतामा बुद्धिमान तामाङ चयन भएका छन् ।

शनिबार पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको संसदीय दलको बैठकले तामाङलाई उपनेता चयन गरेको हो ।

बैठकले पार्टीको संसदीय दलको विधान पनि टुंग्याएको छ । बैठकले कृषि मलमा कटौति गरेको अनुदानका विरुद्धमा सरकारलाई ध्यानाकर्षण गराउने निर्णयसमेत गरेको छ । 

बैकठपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले बैठकले संसदीय दलको विधान पारित गरेको र विधान अनुसार संसदीय दलको उपनेतामा बुद्धिमान तामाङलाई मनोनयन गरेको जानकारी दिए ।
 

Comments

Back to top