लाल्टिन साप्ताहिक समिक्षा

पछ्छिलो साता केहि सुधार देखिएको नेप्सेमा यस सातामा भने गिरावट नै देखिएको छ। यस साताको पहिलो कारोबार दिन आइतबार २००८.२६ को बिन्दुमा खुलेको नेप्सेले करिब ६९.३९(३.४६ प्रतिशत) गुमाउदा गर्दा साताको अन्तिम कारोबार दिन बिहिबार सूचक १९३३.३१ को बिन्दुमा पुगी क्लोजिङ्ग दिएको छ।
नेप्से उप-समुह (Sub-Index)


यस साताको टप गेनर्स (Top Gainers)


यस साताको टप लुजर्स (Top Losers)


यस साताको टप खरिद भएका कम्पनी (Top Bought)

यस साताको टप बिक्रि भएका कम्पनी (Top Sold)

प्राविधिक विश्लेषण

यस साता नेप्सेले मिडल ब्याण्डलाई रेसिस्ट्यान्स मानि ब्याण्ड भन्दा तल नै क्लोजिंग दिएको छ। एमएसिडि लाईन यस साता -०.१७बाट घटेर -८.८९ मा आएको छ र हिस्टोग्राम यो साता घटेर पोजिटिभ  ४.९० बाट -३.०६ मा पुगेको छ जसले बजारमा बिक्रि चाप बढ्न थालेको देखाउँछ ।  जिरो लाईन भन्दा तल रहेको सिग्नल लाईन घटेर  -५.८ मा आएको छ। +१४ डिएमआई लाईनले  -१४ डिएमआई लाईनलाई माथिबाट क्रस गरेको बजारमा ए.डी.एक्स १९.०५मा रेहको छ।  -१४ डिएमआई लाईन र +१४ डिएमआई लाईन क्रस भएको छ जसले बजारको बियरिश मोमेन्टम सुरु भएको जनाउछ। । आरएसआइ ४७.०३बाट घटेर ४२.८६ मा आएको छ जसबाट आरएसआइको मोमेन्टम फेरी घट्न थालेको देखिन्छ ।

समग्रहमा बजार बियरिश भएको कन्फरमेसन एमएसिडि र डिएमआई लाईनले दिएको देखिन्छ।  १८६५ले दुइ चोटी सम्म सपोर्टको भूमिका खेली दुई चोटी नै राम्रो मोमेन्टम क्यनडल स्टिक बनाएकाले  १८६५बाट फेरी एउटा स्विङ्ग आउन सक्ने देखिन्छ।  बजारमा अर्को सपोर्ट बोलिंगेरको लोवर ब्याण्ड करिब १८१०को एरियामा देखिन्छ भने अबको प्रतिरोध २०२०मा रहने छ।   

Comments

Back to top