गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर नेप्सेमा सूचीकृत !

गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड (GLBSL) को ३९ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ ।

मंसिर २७ गते बसेको सञ्चालक समितिको ११७औँ  बैठकले ९.७५ करोड चुक्ता पुँजीबाट लाभांश वितरण गर्ने निर्णय गरेको थियो । कम्पनीले ४ प्रतिशत बोनस सेयर र ०.२१० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो । यसरी बोनस शेयरको मूल्य रू. ३९ लाख र नगद लाभांशको मूल्य रू. २.०५ लाख हुन जान्छ। सोही ३९ हजार कित्ता बोनस शेयर अहिले नेप्सेमा सूचीकृत भएको छ ।

Comments

Back to top