क्यान्सरको सम्भावना साइकल चलाउँदा न्यून !

हालै गरिएको स्वास्थसम्बन्धी एक अनुसन्धानले साइकल चलाउँदा पुरुषको यौन स्वास्थ वा मूत्र प्रणालीको सञ्चालनमा कुनै नकारात्मक प्रभाव नपर्ने तथ्य पत्ता लगाएको छ। अनुसन्धानकर्ताहरुले साइकल चालउनेहरुलाई धावक र पौडीवाजहरुसँग तुलना गर्दा तिनीहरुमा तुलनात्मक रूपमा कुनै पनि कमी नभेटेको बुझिएको छ।

विगतका अध्ययनहरुले साइकल चलाउँदा पुरुषको यौन कार्यमा नकारात्मक प्रभाव पर्ने मान्यता अघि सार्ने गरेका थिए। बरु पछिल्लो अध्ययनले साइकल चलाउने पुरुषहरुमा क्यान्सर हुने सम्भावना ५० प्रतिशतले कम हुने खुसीको कुरा पत्ता लगाएको छ।

यौन स्वास्थ्य र मूत्र प्रणालीको कार्यसम्बन्धी थुपै्र प्रश्नावलीसहित संयुक्त अघिराज्य, संयुक्त राज्य अमेरिका, क्यानाडा, अस्ट्रेलिया र न्युजिल्यान्डका करिब २ हजार ७ सय ७४ जना साइकल चालक र ५ सय ३९ जना पौडीवाज तथा ७ सय ८९ जना धावकमाथि सर्वेक्षण गरिएको थियो। केही साइकल चालकमा भने मूत्रनली साँघुरिने समस्या देखापर्ने बढी खतरा रहेको पाइएको छ।

Comments

Back to top