मर्ज प्रक्रियामा प्रुडेन्सियल इन्स्याेरेन्सले बोलायो एजीएम!

प्रुडेन्सियल इन्स्याेरेन्सले चैत १६ गते वार्षिक साधारणसभा बोलाएको छ । साधारणसभा दियालो लर्डस् प्लाजा, वीरगञ्ज पर्सामा दिउँसो १२ः३० बजे सुरु हुनेछ।

हाल प्रुडेन्सियल इन्स्याेरेन्स आईएमई जनरल इन्सुरेन्ससँग मर्जर प्रक्रियामा रहेको छ । मर्जरका लागि दुई कम्पनीलाई नेपाल धितोपत्र बोर्डले स्वीकृति पनि दिएको छ ।

आर्थिक वर्ष २०७८/७९ को नाफाबाट ३.३२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.१७५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव  सभामा कम्पनीले पेस गर्नेछ । बोनस सेयरपछि पुँजी वृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन हुनेछ । 

साधारणसभा प्रयोजनका लागि कम्पनीले चैत ३ गते बुक क्लोज गर्नेछ भने उक्त सभामा चैत २ गतेसम्म कायम रहने सेयरधनीहरुले मात्र भाग लिन र लाभांश पाउन सक्नेछन् । 
 

Comments

Back to top