नेप्सेमा एचआईडिसीएलको हकप्रद शेयर सूचीकृत

हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको हकप्रद शेयर नेपाल स्टक एक्चेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

कम्पनीले लिलामी मार्फत बिक्री गरेको संस्थापकको ४३ लाख ५७ हजार १८५ कित्ता शेयर हकप्रद शेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीले हकप्रदमा बिक्री नभएको संस्थापक शेयर सर्वसाधरणको लागि लिलामी मार्फत बिक्री गरेको थियो । उक्त शेयर आइतबार नेप्सेमा सूचीकृत भएको हो ।

सम्बन्धीत शेयरधनीको डिम्याट खातामा आएपछि कम्पनीको उक्त शेयर दोस्रो बजारमा खरिदबिक्री गर्न सकिनेछ। 

Comments

Back to top