नेप्से इन्ट्राडे अपडेट: केहि अङ्कको गिरावट !

आज आइतबार नेप्से बजार १३.६८ अंकले घटेको छ।     

सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म १९८९ को नजिक आएको छ। १३.६८ अङ्कले घटेर नेप्से परिसूचक  १९८९.०२ मा आएको हो। आज २ घण्टामा लगभग ८७ करोड ६५ लाख कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा कम हो।

यस्तै, आजको टप गेनरमा शुभम् पावर रहेको छ जसको ९.९८% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा गुडविल फाईनान्स् रहेको छ। 

Comments

Back to top