आरम्भ चौतारी लघुवित्तले लाभांश वितरण नगर्ने

आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ । लघुवित्त सञ्चालक समितिको फागुन २३ गते बसेको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

लघुवित्तले २०७९ असार मसान्तसम्ममा वासलात, आर्थिक वर्ष २०७८/७९ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह लगायतका वित्तीय विवरणहरु माथि छलफल गरी स्वीकृत गरेकोले त्यसको अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र समक्ष पेश गर्ने निर्णय समेत गरेको छ ।

अघिल्लो आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीहरुलाई लघुवित्तले २१ प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।

Comments

Back to top