प्राइम लाइफ इन्स्योरेन्स र बुटवल पावर कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत!

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । बिहीबार प्राइम लाइफ इन्स्योरेन्स र बुटवल पावर कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

यस दिन प्राइम लाइफ इन्स्योरेन्सको ३६ लाख १३ हजार ५००.२५ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएका छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १३ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । उक्त बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।  

यस्तै बुटवल पावर कम्पनी लिमिटेडको १६ लाख २७ हजार ३७८ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गरेको ५ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो। नेप्सेमा सूचीकृत दुबै कम्पनीको बोनस शेयर, सम्बन्धीत शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।

Comments

Back to top