मेन्छियाम हाइड्रोपावरको आईपीओमा आवेदन म्याद थप

मेन्छियाम हाइड्रोपावरको आईपीओमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका आवेदन दिने म्याद थप भएको छ। 

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आजसम्ममा आवेदन दिन सक्नेछन् । यता,स्थानीय बासिन्दाले कम्पनीको आइपीओमा चैत ७ गतेसम्म आवेदन दिन सक्नेछन् । 

मेन्छियाम हाइड्रोपावरले फागुन १० गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आइपीओ बिक्री खुला गरेको हो ।
उक्त आईपिओमा मागभन्दा बढी आवेदन यरेको खण्डमा समयअघिनै  निष्कासन तथा बिक्री बन्द गर्ने कम्पनीले जनाएको हो । 

कम्पनीले स्थानीयलाई जारी पुँजी ५४ करोड २५ लाख ८३ हजार ३ सय रुपैयाँको १० प्रतिशत ५ करोड ४२ लाख ५८ हजार ३ सय रुपैयाँ बराबरको सेयर बिक्री खुला गरेको हो ।

कम्पनीले आयोजना अति प्रभावित क्षेत्र संखुवासभा जिल्लाका साविकको सिद्धकाली, सिद्धपोखरी र मावादीन गाविसका स्थानिय बासिन्दालाई २ लाख ७१ हजार २९२ कित्ता र यो बाहेक संखुवासभा जिल्लाका स्थानीय बासिन्दाका लागि २ लाख ७१ हजार २९१ कित्ता सेयर छुट्याइएको छ । साथै वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागिभने १ लाख ८ हजार ५१७ कित्ता सेयर छुट्याइएको छ । 

यो आइपीओमा एनआइसी एसिया क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

हाइड्रोपावरले १०० रुपैयाँ अंकित मूल्यमा ५ लाख ४२ हजार ५८३ कित्ता सेयर निष्कासन गरेको हो ।
स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीले प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । 

रेटिङ एजेन्सी केयर नेपालले यस आइपीओलाई केयर एनपी इस्यूअर रेटिङ्ग डबल बी रेटिङ्ग प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ ।
 

Comments

Back to top