नेप्सेमा भारी अङ्कको वृद्धि, कारोबार रकम १ अर्ब ५६ करोड ५५ लाख !

आज बिहीबार ५०.०४ अङ्कले बढेर २.५६% वृद्धिका साथ नेप्से परिसूचक २००२.७० अंकमा बन्द भएको छ। कारोबार भएका २६२ कम्पनीमध्ये २१३ कम्पनी उकालो लागेका छन्, ३ कम्पनी ओरालो लागेका छन् भने २ कम्पनी स्थिर रहेका छ।

कारोबार भएका सबै उप-समुहहरुको सेयर मूल्य उकालो लागेका छन्।

प्रमुख कारोबार

आज नेप्से बजारको टप गेनरमा शुभम् पावर रहेको छ, जसको ९.९८% मूल्य बढेर कारोबार भएको छ। सबैभन्दा धेरै  गुमाउनेमा  सिद्धार्थ इनभेस्टमेन्ट ग्रोव्थ रहेको छ जसको सेयर मूल्य  ५.८१% ले घटेको छ। सबैभन्दा धेरै टर्नओभर  र भोल्यूममा   शिवम सिमेंट्सको  कारोबार भएको छ।

Comments

Back to top