मतदान पछि ओलीले भने, ‘एमाले र कांग्रेस एक ठाउँमा नहुने भनेर कसम खाएका छैनौँ'

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति निर्वाचन पछि कांग्रेस र एमालेको सरकार बन्ने सम्भावना सकियो भन्न नसकिने बताएका छन् ।

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा राष्ट्रपति निर्वाचनका लागि मतदान गर्न पुगेका अध्यक्ष ओलीले कांग्रेस–एमाले एकै ठाउँमा नहुने भन्ने कसम नखाएको बताएका हुन् ।

‘एमाले र कांग्रेस एक ठाउँमा नहुने भनेर कसम खाएका छैनौँ’ ओलीले भने ।

राष्ट्रपतिका आलोचना गर्नेहरु संकिर्ण मानसिकता भएको जनाउँदै ओलीले यसअघि राष्ट्रपति दुवैले मुलुकको हितका लागि काम गरेको बताएका छन्। 

Comments

Back to top