छिमेक लघुवित्तको शेयरमूल्य समायोजन

फागुन २४ गते, बुधबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा छिमेक लघुवित्त (CBBL) को शेयरमूल्य समायोजन भएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले यस दिन लघुवित्तको २२ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजपश्चात लघुवित्तको शेयरमूल्य ८३८ रुपैयाँ ५२ कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा लघुवित्तको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात मंगलबार, लघुवित्तको शेयर दोस्रो बजारमा १ हजार २३ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

लघुवित्तले चैत १० गते, शुक्रबार, मकवानपुरको हेटौँडास्थित होटल सामना प्रा.लि.को सभाहलमा २१ औँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको २२ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ३.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले अन्य लघुवित्तसँग मर्जर अथवा एक्विजिशनसम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

Comments

Back to top