नेप्सेमा केही अङ्कको वृद्धि, कारोबार रकम १ अर्ब २० करोड ४४ लाख !

आज मंगलबार १४.४१ अङ्कले बढेर ०.७४%  वृद्धिका साथ नेप्से परिसूचक १९५२.६६ अंकमा बन्द भएको छ। कारोबार भएका २६१ कम्पनीमध्ये १६३ कम्पनी उकालो लागेका छन्, ४५ कम्पनी ओरालो लागेका छन् भने ८ कम्पनी स्थिर रहेका छ।

कारोबार भएका १० उप-समुहहरुको सेयर मूल्य उकालो लागेका छन्।

प्रमुख कारोबार 

आज नेप्से बजारको टप गेनरमा शुभम् पावर रहेको छ, जसको १०% मूल्य बढेर कारोबार भएको छ। सबैभन्दा धेरै  गुमाउनेमा  सि वाई सि नेपाल लघुवित्त रहेको छ जसको सेयर मूल्य  ५.१८% ले घटेको छ। सबैभन्दा धेरै टर्नओभरमा  साल्ट ट्रेडिंग  र भोल्यूममा  कुमारी धनवृद्धि योजनाको  कारोबार भएको छ।

Comments

Back to top