ग्लोबल आइएमई लघुवित्तको वार्षिक साधारण सभा फागुन २४ गते बस्दै!

फागुन २४ गते ग्लोबल आइएमई लघुवित्तको बुधबार  वार्षिक साधारण सभा बस्दैछ ।

वार्षिक साधारण सभामा कम्पनीले गत आर्थिक वर्षको नाफाबाट १२% बोनस सेयर र कर प्रयोजनसहित ८% नगद गरी कुल २०% लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । प्रबन्धपत्र संशोधन गरी कम्पनीले ‘इनवार्ड रेमिट्यान्स’ सम्बन्धी कार्य गर्ने व्यवस्था पनि थप गर्ने भएको छ । 

ग्लोबल आइएमई लघुवित्तको चुक्ता पुँजी र सञ्चित मुनाफाको जम्मा रकम भन्दा बढी हुने गरी कुनै पब्लिक कम्पनी वा बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन सक्ने अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि सभामा पेश हुनेछ ।

वार्षिक साधारण सभा बेस्ट रिसोर्ट नेपाल, लेकसाइड पोखरामा बिहान ९ बजे सुरु हुनेछ ।

Comments

Back to top