एमालेद्वारा राष्ट्रपति निर्वाचनमा सहयोग गर्न जनमत पार्टीलाई आग्रह

नेकपा एमालेले राष्ट्रपति निर्वाचनमा आफ्ना उम्मेदवारको पक्षमा मतदान गर्न जनमत पार्टीसँग आग्रह गरेको छ ।

शुक्रबार जनमत पार्टीका अध्यक्ष सीके राउतसँग भेट गर्दै एमालेबाट राष्ट्रपति उम्मेदवार बनेका सुवास नेम्वाङ लगायतका एमाले नेताहरूले राष्ट्रपति निर्वाचनमा सहयोग गर्न आग्रह गरेका हुन् ।

जनमतका अध्यक्ष सिके राउतले पार्टीमा छलफल गरेर जवाफ दिने बताएको जानकारी दिए ।

राष्ट्रपतिको निर्वाचन नजिकिँदै जाँदा एमालेले विभिन्न दलसँग भेटेर आफ्नो पक्षमा मत मागिरहेकाे छ । 

Comments

Back to top