डायबिटिज हुँदा देखिने सम्भावित लक्षणहरु यस्ता छन्! जान्नुहोस!

मानिसलाई सुगरका कारण विभिन्न प्रकारका समस्या आउन थाल्छन्। सुगरको समयमा नै जाँच गराउनु आवश्यक छ। अन्यथा कहिलेकाहीँ यसले मानिसको मृत्यु समेत गराउन सक्छ।

आँखाको दृष्टिमा कमी आउनु, खुट्टा सुन्निनु, चिलाउनु, घाउ चाँडो निको नहुनु, घाउ हुनु वा छाला उप्किनु, खुट्टा झमझमाउनु जस्ता लक्षण देखियो भने लापरबाही गर्नुहुँदैन। यस्ता लक्षण देखिनेवित्तिकै डायबिटिज जाँच गराउनु आवश्यक छ। किनभने, यी लक्षण डायबिटिज हुँदा देखिन्छन्।

यदि सुगरको लेबल कम वा धेरै छ भने तुरुन्त चिकित्सकको सल्लाह लिनुपर्छ। 

डायबिटिजका प्रमुख लक्षण यस्ता छन्;

 

चाँडै घाउ निको नहुनु
जो व्यक्तिलाई डायबिटिज भएको हुन्छ, उसको रगतको प्रवाह पनि प्रभावित हुन्छ। यस कारण शरीरमा लागेका कुनै पनि प्रकारका घाउ चोटपटक निको हुँदैन। यस्ता घाउ चोटपटक निको हुन निकै समय लाग्छ।  

शरीरको छाला जानु
डायबिटिज भएको व्यक्तिको खासगरी हातखुट्टा र घुँडाको छाला जान सक्छ। र, त्यो चाडै निको पनि नहुन सक्छ।  त्यसैले छाला गएको छ भने पनि डायबिटिजको परीक्षण गराउनुपर्छ।

हातखुट्टा झमझमाउनु
शरीरमा डायबिटिजको लेबल बढेको छ भने हातखुट्टा झमझमाउने समस्या हुनसक्छ। यसलाई डायबिटिक पेरिफेरल न्युरोप्याथी पनि भनिन्छ। यो डायबिटिजको सुरुवाती लक्षण मानिन्छ।

खट्टा सुन्निन सक्छ
डायबिटिज भएको भएको व्यक्तिको खुट्टा सुन्निन सक्छ। मिर्गौलाको काम गर्ने क्षमता पनि कम हुन थाल्छ। मिर्गौला फेल पनि हुनसक्छ। 

आँखाको दृष्टि कम हुनु
डायबिटिज भएको व्यक्तिको आँखामा पनि कमजोरी देखिन सक्छ। जसलाई डायबिटिक रेटिनोप्याथी भनिन्छ। समयमा उपचार भएन भने आँखाको पूरै ज्योति गुम्ने खतरा रहन्छ। रगत सर्कुलेसन प्रभावित हुने भएकाले डायबिटिज भएका व्यक्तिलाई अन्य धेरै रोगको पनि खतरा हुनसक्छ। अनुहारमा रातो दाग वा चिह्न देखिनु, अनुहार चिलाउने, सुन्निने जस्ता समस्या देखिएको छ भने पनि तुरुन्त डायबिटिजको जाँच गराउनुपर्छ।

Comments

Back to top