स्मार्ट फोनले बन्न दिँदैन बच्चालाई स्मार्ट!

स्मार्टफोनको जमाना द्रुत गतिमा कुदिरहेको छ । युवापुस्तादेखि बृद्धबृद्धासम्मले आजकाल मोबाइललाई आफ्नो दैनिकी बनाएका छन् । एक अध्ययनले के देखाएको छ भने स्मार्टफोनको बढ्ता प्रयोग गर्दा यसको असर पनि उत्तिकै छ ।

मोबाइल चलाउँदा मान्छेको घाँटी तल झुकिरहन्छ । यसले घाँटीका साथै ढाडको हड्डीमा पनि उत्तिकै असर गर्ने गर्छ । ढाडको हड्डीका डाक्टरले यसलाई 'टेक्स्ट नेक' भन्ने गर्छन् । लगातार स्मार्टफोन चलाउने बच्चा र युवालाई ढाडमा बढी समस्या हुन डाक्टरहरुको भनाइ छ।

स्मार्टफोनले अहिलेका मान्छेको निद्रा पनि बिगारेको छ । रिपोर्टका अनुसार स्मार्टफोनको अत्यधिक प्रयोग गर्ने किशोर अनिद्राको शिकार पनि हुने गरेका छन् । सान डिएगो स्टेट विश्वविद्यालय अमेरिकाका वैज्ञानिकले गरेको शोधअनुसार जो बालक दिनमा दुई घण्टाभन्दा धरै बेरसम्म स्मार्टफोन या कुनै ग्याजेटको प्रयोग गर्छन्, उनीहरुलाई सुत्दा पनि निद्रा नलाग्ने समस्या हुन्छ ।

बच्चालाई यदि नौ घण्टा निद्रा पूरा गर्ने समय दिइएन भने पढाइ या अरु कारणमा पनि बच्चाले राम्रो नतिजा प्राप्त गर्न सक्दैनन् । शोधका लागि ३ लाख ६० हजार किशोर तथा युवा छुट्याइएको थियो।

Comments

Back to top