खुट्टा छुनुका वैज्ञानिक कारणहरु यी हुन् ?

खुट्टा छुनु एक परम्परा मात्र होइन, आफैमा एक विज्ञान हो । यस विज्ञानमा भौतिकशास्त्र, रसायनशास्त्र र जीवविज्ञान पर्दछ । आज हामी त्यसका बारेमा चर्चा गर्न गर्न गइरहेका छौँ ।

खुट्टा छुँदा शरीरमा सकारात्मक उर्जा प्रवाह : खुट्टा छोएर हामीले त्यो अथाह ऊर्जा भण्डारबाट नयाँ ऊर्जा प्राप्त गर्छौं । त्यसैले मातापिता, गुरु र आदरणीय व्यक्तिहरूको गोडा छुन सल्लाह दिइन्छ, जसले गर्दा हाम्रो शरीरमा सकारात्मक ऊर्जाको प्रवाह हुन्छ ।

खुट्टा छुनुको मनोवैज्ञानिक फाइदा : खुट्टा छुँदा मनोवैज्ञानिक लाभ पनि हुन्छ । खुट्टा छोएर हामी अरूलाई सम्मान गर्छौं । त्यसले हामीलाई नम्रताको भाव दिन्छ । हामीले जसको खुट्टा छुन्छौं, उसले आशीर्वाद दिन हाम्रो टाउकोमा हात राख्छ । सो स्पर्शले हामीलाई सुरक्षाको अनुभुति हुन्छ ।

खुट्टा छोए ऊर्जाको एक चक्र पूरा : खुट्टा छुनका लागि हामी अगाडि झुकेर दाहिने हातले बायाँ खुट्टा र देब्रे हातले दायाँ खुट्टा छुन्छौं । यस प्रक्रियामा हामी एक ऊर्जा चक्र पूरा गर्छौं । विज्ञानका अनुसार ऊर्जा हाम्रो शरीरमा टाउकोबाट प्रवेश गर्छ, त्यसपछि खुट्टातिर बग्छ ।

शक्तिको केन्द्र खुट्टा : विज्ञानमा टाउकोलाई उत्तरी ध्रुव र खुट्टालाई दक्षिणी ध्रुव मानिन्छ । जब हामीले आफ्नो हातले ज्येष्ठ नागरिकको खुट्टा छुन्छौं, विद्युत चुम्बकीय ऊर्जाको चक्र पूरा हुन्छ । गुरुत्वाकर्षणको नियमको आधारमा, ऊर्जाको केन्द्र शरीरको दक्षिणी ध्रुवमा हुन्छ ।

सकारात्मकताले दीर्घायु बढाउँछ : धार्मिक आचरणका आधारमा ज्येष्ठ नागरिकको खुट्टा छुँदा हरेक दिन उनीहरुबाट सकारात्मक उर्जा प्राप्त हुन्छ, जसलाई उमेर वृद्धिको कारक मानिन्छ ।

खुट्टा छुँदा शरीरमा रगतको प्रवाह बढ्छ : खुट्टा छुन झुक्नु, बस्दा वा निहुर्दा खुट्टा छुनु आफैंमा एउटा व्यायाम हो । यसो गर्नाले शरीर सक्रिय हुन्छ, शरीरमा रक्तसञ्चार बढ्छ ।

त्यसैले खुट्टा छुनुलाई धार्मिक अभ्याससँग जोडिएको हो । हाम्रो शरीर मस्तिष्कद्धारा नै नियन्त्रित हुन्छ । अगाडि झुक्दा मस्तिष्कको नसामा रक्तसञ्चार बढ्छ र हामी ताजा महसुस गर्छौं । यी कारणले गर्दा खुट्टा छुनुलाई धर्म र आचरणसँग जोडिएको हो ।

Comments

Back to top