पिसाब रोक्दा यस्ता समस्या निम्तिन्छन्, के हुन्छ जान्नुहोस् !

पिसाबबाट शरीरका अनावश्यक तत्वहरु बाहिर निस्कने गर्छन्। चोहे त्यो कुनै प्राणी होस् वा मानिस पिसाब थैली भरिने बित्तिकै उनीहरुको स्नायुप्रणालीले त्यसको संकेत मष्तिष्कमा पुर्‍याउने बित्तिकै जो सुकैलाई पनि पिसाब फेर्न मन लाग्छ।

तर कतिपय मानिसले आफूलाई पिसाब लागेको थाहा पाएर पनि रोक्ने गरेको पाइन्छ। पिसाबलाई धेरै बेरसम्म रोक्न नहुने चिकित्सकहरुले बताउने गरेका छन्। अन्यथा पिसाब रोकेको खण्डमा विभिन्न समस्याहरु उत्पन्न हुने उनीहरुले बताएका छन्।

 पिसाब रोक्दा कस्ता समस्या निम्तिन सक्छन्?

– जति धेरै समयसम्म पिसाब रोकेर राख्यो, पिसाब थैलीमा उति बढी ब्याक्टेरिया विकसित हुन्छ र स्वास्थ्य जोखिममा पर्न सक्छ।

– पिसाबलाई एकदेखि दुई घण्टासम्म रोक्नाले महिला वा काम गर्ने व्यक्तिहरुमा पिसाब सम्बन्धी समस्या देखा पर्न थाल्छन्। जसले गर्दा सबै भन्दा पहिला पिसाब थैलीमा पीडा हुने गर्छ।

–पिसाब जतिबेर रोके पनि त्यस क्रममा मिर्गौलाबाट पिसाब थैलीमा जम्मा भइरहेको हुन्छ ।
हरेक एक मिनेटमा दुई मिलिलिटर पिसाब थैलीमा पुग्छ, जसलाई प्रति एकदेखि दुई घण्टामा खाली गरिरहनुपर्छ । थैली खाली गर्न तीनदेखि चार मिनेटसम्म पनि ढिला ग¥यो भने पिसाब फेरि मृगौलामै फर्कन थाल्छ ।

– पिसाबमा युरिया र अमिनो एसिडजस्ता हानिकारक तत्व हुने भएकाले पिसाब धेरै बेरसम्म रोक्नाले मिर्गौलामा पत्थरीको पर्ने सम्भावना धेरै हुन्छ।

– पिसाब गरिरहेको बेलामा झट्ट रोक्नु हुदैन। यसो गर्नाले मुत्रमार्ग संक्रमण (युरिनरि ट्राक्ट इन्फेक्सन अर्थात युटिआई) हुने खतरा बढी हुन्छ।

– पिसाब लागेको तीनदेखि चार मिनेटसम्म खाली गरिएन भने पिसाबको टक्सिक तत्व मिर्गौलामा फर्कन्छ, जसले गर्दा पिसाब थैलीको मांसपेशी कमजोर हुन्छ।

 

Comments

Back to top