शरीरका अनावश्यक रौं हटाउने घरेलु उपायहरु!

शरीरमा भएको अनावश्यक रौँं हटाउने विधिलाई वाक्सिङ भनिन्छ। वाक्सिङले तपाईंको छालालाई प्राकृतिक रुपमा सुन्दर राख्न मदत गर्छ। 

अनावश्यकरुपमा फैंलिंदै गएको कपालको हाँगा छांट्न हेयर कटिङ रेजर प्रयोग गर्नुहोस् । साथै कपालमा मेथी, दही, अण्डाको सेतो भागलगायतका हेयर प्याक बनाएर हप्तामा एकपटक लगाउनुहोस् । कपालको हाँगा कम हुंदै जान्छ र कपाल मुलायमर सिल्की हुन्छ ।

मोम छैन भने घरैमा यो बनाउन सक्नुहुन्छ । पानी तताउनुहोस्, यसमा चिनी मिसाउनुहोस र मज्जाले नपाकेसम्म पकाउनुहोस् । त्यसपछि ग्याँस बन्दगर्नुहोस् । जब मिश्रण सुनौलो रंगमा परिणत हुन्छ तब यसमा कागतीको रस थप्नुहोस् । मिश्रण चिसो हुन दिनुहोस् । घरमा मोम स्ट्रिपहरू छन् भने, तिनीहरूलाई सानो टुक्रामा काट्नुहोस् र अनावश्यक रौंहरु हटाउनुहोस् । विशेष गरी ओठको माथिल्लो भागको रौं हटाउने यो सहज तरिका हो । यसले अप्पल लिपमा भएका अनावश्यक रौंहरु सजिलैसंग सफा पारेर निकाल्न मद्धत गर्छ ।

घरमै ट्वीजडको सहारामा अनावश्यक रौं हटाउन सकिन्छ । टुइजर्डबाट रौं हटाउनाले अधिक दुखाइ हुनेछ, छाला पनि रातो हुनेछ तर यसलाई रोक्ने उपाय पनि छ । त्यसका निम्ति, आइब्रो गर्नुअघि तल्लो सतहमा पाउडर लगाउनुहोस् र आइब्रो गरिसकेपछि मज्जाले मोइश्चराइजरले ३ देखि ५ मिनेट मसाज गर्नुहोस् । यो १५ देखि २० दिनको अन्तरालमा मात्रै गर्नुहोस् ।सबभन्दा प्रभावकारी तरिका, घरमा हँुदा युट्युब भिडियोहरू हेरेर थे्रडिङ गर्न सिक्नुहोस् । यो कला तपाईंको लागि सदा काम आउनेछ ।

घरमा अनुहार रेजर छ भने,तपाई सम्झनुहोस् आधा समस्या समाप्तभयो । तिनीहरूले छालामा कुनै हाननिनोक्सानी गर्दैनन् । रौंहरु रिसाइज गर्दा अतिरिक्त सतर्क हुनुहोस् ।

Comments

Back to top