ग्लोबल आइएमई बैंकले माघ २९ गतेबाट ऋणपत्र निष्कासन गर्दै, ब्याज कति ?

ग्लोबल आइएमई बैंक लिमिटेडले माघ २९ गतेबाट ऋणपत्र निष्कासन गर्ने भएकाे छ । बैंकले वार्षिक ११.२५ प्रतिशत व्याज भएकाे  वर्ष अवधिकाे  "ग्लोबल आइएमई बैंक डिबेञ्चर, २०८४-८५ " नाममा ऋणपत्र निष्कासन गर्न लागेकाे हाे । बैंकले प्रतिकित्ता १००० रूपैयाँ अंकित दरमा ५ अर्ब रूपैयाँ बराबरको ५० लाख इकाई ऋणपत्र निष्कासन गर्नेछ । त्यस्तै सामुहिक लगानी कोषलाई १ लाख इकाई छुट्याएको थियो । जसमा ७० हजार इकाई लागि मात्रै आवेदन परेको थियो । बाँकी ३० हजार इकाई सहित सर्वसाधारणका लागि १९ लाख ३० हजार युनिट र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई  ३० लाख युनिट बिक्री गर्नेछ ।  लगानीकर्ताले यस ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम १० लाख युनिटका लागि आवेदन दिन सक्नेछन् ।माघ २९ गतेबाट निष्कासन गरिने उक्त ऋणपत्रमा छिटोमा फागुन ३ गते र ढिलोमा फागुन १४ गतेसम्मसम्म आवेदन दिन सकिनेछ  बैंककाे उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटल लिमिटेडले गर्नेछ । लगानीकर्ताहरूले सिआस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरू तथा मेरो सेयर मार्फत अनलाईनबाट आवेदन दिन सक्नेछन् ।

Comments

Back to top