रास्वपा तत्काल सरकारबाट नबाहिरिने, गृहमन्त्रीका लागि दुई दिन पर्खिने

राष्ट्रिय  स्वतन्त्र पार्टीले तत्काल सरकार नछोड्ने निर्णय गरेको छ । आज बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले गृहमन्त्रीका लागि दुई दिन पर्खिने निर्णय गरेको हो ।

यस्तै बैठकले सरकारलाई मार्गदर्शन गर्न बनेको उच्चस्तरीय संयन्त्रको बैठक बोलाउन माग गर्ने निर्णयसमेत गरेको छ । बैठकमा नेताहरुले सरकारबाट हट्ने वा नहट्नेबारे मिश्रित धारणा राखेका थिए ।

Comments

Back to top