गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । फाइनान्सले साधारण सभा तथा लाभांश प्रयोजनार्थ माघ २० गते बुक क्लोज गर्ने जनाएको छ । त्यसैले आज बिहीबार माघ १९ गतेसम्म कायम रहने सेयरधनीले मात्र लाभांश तथा साधारण सभामा सहभागि हुने पाउनेछन् ।

कम्पनीले माघ २७ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा गुहेश्वरी भवन हरिहर भवन, ललितपुरमा बिहान १० बजेबाट सुरु हुनेछ । सभामा कम्पनीले ६.५०% बोनस शेयर र कर प्रयोजनका लागि ०.३४% नगद लाभांश दिने प्रस्ताव पेश हुनेछ । गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने एजेण्डा  छ । 

Comments

Back to top